Logo

३० बैशाख, काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई सो पदमा नियुक्त गर्नुभएको हो । संखुवासभा स्थायी ठेगाना भएका अधिकारीलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सअघिका सचिव हर्कराज राईलाई राष्ट्रपतिले हिजो मात्रै पदमुक्त गर्नुभएको थियो । नवनियुक्त सचिव अधिकारीले अब प्रतिनिधिसभाको प्रशासनिक र संसदीय कार्यविधि व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ ।


सम्बन्धित समाचार