६ वैशाख, वीरगञ्ज । सर्वोच्च अदालतको आदेशसँगै वीरगञ्जको मुख्य सडक विस्तारका लागि सुरु गरिएको संरचना भत्काउने अभियानले आइतबार बिहानैदेखि सहरलाई स्तब्ध बनाएको छ । १३ वर्षदेखि अन्योलमा रहेको सडक विस्तार कार्यलाई स्थानीय प्रशासनले एकाएक ’डोजर’ चलाएर अघि बढाएपछि घरधनी र व्यवसायीहरूले यसलाई ‘मानवीय संवेदनाहीन’ कदम भन्दै तीव्र विरोध गरेका छन्