Logo

३० भदौ, वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले करिब १४ किलो लागु औषध चरेश सहित तीन जना महिलालाई बिहिवार पर्सागढीको मनर्वाबाट पक्राउ गरेको छ ।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ४२ की कल्पना मोक्तानबाट ८ किलो ७ सय ग्राम, सोही ठाउँ बस्ने बर्ष ३६ की कबितामाया बल र बर्ष २३ की रीता बिश्वकर्माको साथबाट ५ किलो १ सय ग्राम लागु औषध चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले वताए ।
उनीहरुले हेटौडाबाट लागु औषध लिएर जितपुर हुदै पर्साको ग्रामिण क्षेत्रको बाटो हुदै सीमा क्षेत्रसम्म पुग्ने उदेश्ले ना २ ह ३१८६ नम्बरको सार्वजनिक अटोमा चढेर जितपुर बजारबाट मनवा तर्फ जादै गरेको अवस्थामा प्रहरीले मनवा चोकमा रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त परिणामको चरेश बरामद गरेको हो ।
मकवानपुरको पहाडी क्षेत्रमा तयार गरिएको लागु औषध चरेश भारतीय सीमा क्षेत्रसम्म पुराउने जिम्मेवारी लिएकोले उक्त परिणामको चरेश बोकर हिडेको उनीहरुले प्रहरी समक्ष स्वीकार गरेको प्रहरी नायव उपरिक्षक गिरीले वताए ।
लागु औषध चरेश सहित पक्राउ परेका तीनजनालाई प्रहरी हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार