Logo

१४ असाेज वीरगञ्ज ।

गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् । पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार लिएर काठमाडौं आएका प्रहरीले बताएको छ । काठमाडौंमा उनीहरुले सुटरलाई हतियार दिएर घटनाको एक दिनअघि वीरगञ्ज पुगेका थिए ।

पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको रेकी गरेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ । घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको उनले जानकारी दिए ।

मृतक लाल मोहम्मद कुनै समय जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् । उनी २०६३ मा नक्कली नोट कारोबारी बलुराम पटुवारको अनामनगरमा भएको हत्यामा पनि संलग्न थिए । उनको पृष्ठभूमिलाई जोडेर मोहम्मदको हत्यामा भारतीय खुफिया निकायको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूले लाल मोहम्मदलाई हत्या गर्नुअघि हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । वीरगंजमा पक्राउ परेका रेहान खानलाई प्रहरीले काठमाडौ लगेको हाे ।

मेहरन र रेहानलाई एकजना भारतीय नागरिकले वीरगञ्जमा दुई थान पेस्तोल दिएका थिए । सो पेस्तोल काठमाडौं ल्याएर ‘सुटर’ लाई दिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । दुईजना सुटरले गोली हानेर गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई हत्या गरे ।

मोहम्मदको हत्या भएको अघिल्लो दिन असाेज २ गते  दुई युवक काठमाडौंबाट बस चढेर तराई फर्केको अनुसन्धानबाट थाहा भएको छ । काठमाडौंमै रहेकी सुमित्रा नाम गरेकी युवतीले मोहम्मदको निगरानी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । सुमित्रा लागुऔषध प्रयोगकर्ता पनि हुन् ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा ६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए । हत्याको योजना भारतीय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । नितेन फरार छन् ।

प्रहरीका एकजना उच्च अधिकारीकाअनुसार भारतीय अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवको निर्देशनमा नितेनले हत्या योजना बनाएको खुलेको छ ।


सम्बन्धित समाचार