Logo

२८ असोज, वीरगञ्ज ।
वीरगंजको बहुअरी चोक नजिक सडक खण्डमा शुक्रवार बिहान १० वजे गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

वीरगंजको ड्राइर्पोटबाट परवानीपुर तर्फ जादै गरेको ना ३ ख ५७४३ नम्वरको खाली लहरीले बहुअरी चोक नजिकै बाटो काट्दै गरेका पैदल यात्री पोखरीया नगरपालिका वडा नंं. १ वनकटुवा बस्ने बर्ष ६० का विगा रामलाई ठक्कर दिदाँ उनी गम्भिर घाइते भएको र उपचारको लागि नारायणी अस्पताल लैजादा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीका अनुुसार लहरी गाडी र गाडी चालक वीरगञ्ज महानगरपालिका वडा नंं. १९ बिन्दवासीनी वस्ने बर्ष २४ का सुजित यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार