Logo

म्हःपूजा र नेपाल सम्वतको ¥यालीमा सहभागीहरु

९ वीरगञ्ज, कार्तिक । नेवार समुदायमा प्रचलित म्हःपूजा र नेपालको मौलिक सम्वत नेपाल सम्वत ११४३ वीरगन्जमा सबै समुदायको सहभागतिामा मनाईएको छ । सधैं नेवार समुदायले मात्रै मनाउने गरिएको म्हःपूजा र नेपाल सम्वत यसपटक भने सबै समुदायलाई सहभागी गराएर मनाईएको हो । नेवा देय्ःदवु वीरगन्ज महानगरपालिकाको आयोजनामा बुधबार विभिन्न झाँकी सहितको र्‍याली निकालिएको छ ।

यसपटक नेवार समुदाय मात्रै नभई अन्य समुदायलाई आ–आफ्नो भेषभूषामा सहभागी भएका छन् । चिल्ड्रेन पार्कमा भेला भएर निस्किएको र्‍याली मकालु होटल चोकबाट मुख्य सडकको माईस्थान, घण्टाघर हुदै फर्किएर वीर्ता स्थित शंखधर साख्वाः को शालिकमा माल्यापर्ण गरी सम्पन्न गरिएको छ ।

र्‍यालीमा नेवार, थारु, लगायतका आदिवासी समुदायले आ–आफ्नो पोशाक लगाएर सहभागी भएका थिए । चिल्ड्रेन पार्कमा भएको भेलामा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह,

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरी, प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदी, राप्रपाका उम्मेदवार किरण डंगोल लगायतको पनि सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार