Logo

१४ कार्तिक, वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी)ले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणा पत्रमा अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थलहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख गरिको छ ।

त्यस्तै विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ । वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत छ,’ घोषणापत्रमा भनिएको छ, ‘यो मूलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुने पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ ।

कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’ घोषणापत्रमा भनिएको छ । नेकपा (एकीकृत समाजवादी)को घोषणा पत्रको पूर्णपाठ :

Final Ghosana Patra_CTP_2079 07 12


सम्बन्धित समाचार