Logo

वीरगन्ज, १७ कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहबर अन्सारीले जनताले दिएको विश्वासको मतलाई कहिल्यै घात नगर्ने बताएका छन । बिहिवार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ को बहुअरी टोलमा घरदैलो कार्यक्रममा उमेदवार अंसारीले मधेसी जनताको मुक्तीको लागि लडेको पार्टीले नै जनताको पक्षमा काम गर्न सक्ने बताए ।

घरदैलो कार्यक्रममा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई मत दिएर जिताउन आग्रह गरे । बर्षौदेखि वीरगन्जको विकासको अवस्था उस्तै रहेको भन्दै उहाँले व्यवस्था बदलेको पार्टीले नै अवस्था बदल्ने भएकोले अवस्था बदल्ने पार्टीलाई भोट दिन मतदातासँग अनुरोध गरेका थिए ।

‘अहिले जनता दुई किसिमले आक्रोशित देखिएका छन् उमेदवार अंसारीले भने पहिलो जितेर गएकाहरुले काम नगरिदिदा र दोश्रो मतदाताहरु आफैले पनि पटक पटक त्यहि व्यक्तिलाई जिताएर पठाई रहँनुपर्दा आक्रोशित भएका हुन । आफ्नो उम्मेदवारी जनताको शान्ति र खुशीको लागि भएको भन्दै अंसारीले निराशालाई आशामा बदल्नका लागि काम गर्ने बताए ।’

पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा क्षेत्रहरु ८० प्रतिशत कृषि पेशामा लागेका जनताहरु रहेकाले उनीहरुको कृषिबाट आर्थिक समृद्धि गर्ने, शिक्षामा देखिएका वेथिति र भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका कामहरु ६ महिनाभित्रमा जनताले देखिने गरि काम गर्ने प्रतिवद्धता जाहेर गरे । ।

निर्वाचनका समयमा भोट माग्न मात्रै होईन हरेक दिन आफ्ना क्षेत्रका जनताको बिचमा रहदै आएका अन्सारीले यसपटक भने आफूले क्षेत्रका जनताको सदभाव पाउने विश्वास व्यक्त गरे ।

उनले भने ‘मतदाताले युवा खोजे छन् । शिक्षित खोजेका छन्, स्वच्छ छवि भएका र जनताको दुखसुखमा साथ दिने खोजेका छन् । ती सबै विकल्पको रुपमा उभिएको छु । सबैले देखेका छन् । मैले के गरेको छु भन्ने त्यसैले यसपालीको निर्वाचनमा मतदाताबाट न्याय हुनेछ ।


सम्बन्धित समाचार