Logo

१७ कार्तिक, सिमरा । आसन्न आम निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हरि महराले बाम (लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई समर्थन गर्ने घोषणा गरेका छन ।

बारा क्षेत्र नंं. ४ को समग्र विकासका लागि आफ्नो सोचसँग बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)को योजना मिलेपछि आफुले श्रेष्ठलाई समर्थन गरी उम्मेदवारी निष्कृय पारेको महराले बताए । जनमत पार्टीका जिल्ला अध्यक्ष रहेका महराले स्वतन्त्र उम्मेदवारी दिइ प्रचार अभियान तीव्र पारेका थिए ।

आफ्नो उम्मेदवारी निष्कृय पारी महराले बाम लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानमा सहभागिता जनाएका छन । महराले बारामा आँखा अस्पताल स्थापना गरी बारा, पर्सा र रौतहटमा आँखा शिविर संचालन गरी समाजसेवा गर्दै आएका छन । महराको समर्थनले आफ्ना प्रतिस्पर्धी थप कमजोर बनेको बारा प्रतिनिधि क्षेत्र नं. ४ का उमेदवार किसन श्रेष्ठले बताए ।


सम्बन्धित समाचार