Logo

१८ कार्तिक वीरगञ्ज । प्रहरीले सालको गोलिया काठ सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सागढी नगरपालिका–९ तेलिया बस्ने २८ वर्षीय अंगद चौधरी र २५ वर्षीय सन्तोष पासवानलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठ सहित पक्राउ गरेको थियो । चौधरीले चलाएको बा ११ प ५००८ नम्बरको मोटरसाईकलको बीचमा काठ राखेर पासवान पछाडी बसेका थिए ।

३.५ फिट लम्बाई, ३.५ फिट मोटाई भएको सालको गोलिया काठ चोरी तस्करी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि आज मनवा सव–डिभिजन वन कार्यालय सखुवनियामा बुझाईएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार