Logo

२१ कार्तिक, पर्सा । बारा निर्वाचन क्षेत्र नं ४ (क) का निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा चढेको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी गाडी प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेको गुनासो आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रशासनको आदेशमा इलाका प्रहरी कार्यालय सिमराको टोलीले विश्वकर्मा चढेको गाडी औराहास्थित उनको घरबाट शुक्रबार नियन्त्रणमा लिएका हो । प्रदेशसभा सदस्य विकले नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेशको प्रमुख सचेतक हुँदा सुविधास्वरुप सरकारी गाडी सुविधा पाएका थिए । तर, विकले प्रदेशसभा सदस्यको कार्यकाल सकिएपछि नेकपा एमाले प्रवेश गरेका थिए । उनी एमाले प्रवेशगरेपनि गाडीको सुविधा भने प्रयोग गर्दै आएका थिए ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका प्रमुख पर्शु पोखरेलले निवर्तमान प्रदेशसभा सदस्य विकले सरकारी गाडी एमालेको चुनाव प्रचार प्रसारमा प्रयोग भइरहेको भन्ने गुनासो आएकाले स्थानीय प्रशासनमार्फत गाडी नियन्त्रणमा लिइसकेको बताएका । विकले १ वर्षअघि एकीकृत समाजवादीमा रहँदा देखि २–०२ ००१ झ ००८८ नम्बरको सरकारी स्कारपिओ गाडी प्रयोग गर्दै आएका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि मनोनयन दर्ता भएपछि सरकारलाई फिर्ता गर्नुपर्ने सवारी साधन फिर्ता नगरी निर्वाचन प्रचारको क्रममा प्रयोग भएको पाइएकोले उक्त गाडी नियन्त्रणमा लिएको इलका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सीनाले बताए ।


सम्बन्धित समाचार