Logo

२५ कार्तिक, वीरगञ्ज । आज बाम लोकतान्त्रिक गठवन्धन पर्सा क्षेत्र नं १ को (क)का साझा उमेदवार रहवर अन्सारीको घर दैलो कार्यक्रम वीरगञ्जको पिपरामा सम्पन्न भएको छ ।

वीरगंजको ठुलोपिपरा को पुलबाट घर दैलो सुरू भै गाउँको बिभिन्न चौकमा मतदाताहरु फूल माला लगाई ठाँउ ठाँउमा स्वागत गरेका थिए । आजै सानोपिपरा मा पनि घर दैलो मा अबिर टीका खाँदा, माला लगाई रहवर अंसारीको स्थानीय जनताले स्वागत गरेका थिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसमा (१) का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहबर अन्सारीलाई टोल टोलमा जितको आर्शिवाद पाएका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा पर्ने १० वटै वडाहरुमा घरदैलो गर्नुभएका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अन्सारीलाई वडाका टोल टोलमा जितको आर्शिवाद मतदाताहरुले दिएका छन् ।

राजनीतिक क्षेत्रमा शिक्षित युवाहरुको प्रवेशले मात्रै परिवर्तन सम्भव हुने भएकोले अबको विकल्प रहबर अन्सारी नै रहेको मतदाताहरुले बताएका छन् । नीति निर्माण तहमा पुग्नुपर्ने सही व्यक्तिहरु चुन्न नसक्दा जनताले पटक पटक धोका खाएकोले यसपटक धोका खाने काम जनताले नगर्नेमा अन्सारी पनि विश्वस्त छन् ।

जनताले भरोसा गरेका राजनीतिमा आशालाग्दा युवा नेता रहबर अन्सारीलाई एकपटक जिताएर उहाँको कार्यक्षमता हेर्नलाई पनि मतदाताहरु व्यग्र प्रतिक्षामा छन् । कहिले ठूला जनमत भएको पार्टी कहिले पहिचान भएको पार्टीका उम्मेदवार भन्दै जिताएर पठाएपनि जसको नीति उसैको नेतृत्व नआएकोले पनि विकास हुन नसकेको बुझाई मतदाताहरुको छ ।

यसपटक उनलाई जुनसुकै अवस्थामा पनि निर्वाचित गराएर पठाउने क्षेत्रका जनताले चाहाना राखेका छन् । टोल टोलमा देखिएका उनी प्रतिको माया र सदभावले पनि रहबर अन्सारीको पक्षमा जनमत बलियो बन्दै गएको एकीकृत समाजवादीका युवा नेता अनिल पटेलले बताए ।

उमेदवार रहबर अंसारीसँगै घरदैलो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका युवा नेता अनिल पटेल, पवन पटेल, मनोज शर्मा, प्रताप पटेल, विसुन देव महतो, मदन कुर्मी, द्वारिका श्रीवास्तव, शिव पटेल, काँग्रेस का विशेश्वर पटेल, रामबाबु कुर्मी, शिव शंकर पटेल, माओवादी का महेश पटेल। फतिह आलम गाउँको अगुवा कृष्ण कुर्मी, कन्हैया पटेल, बुद्धिजिवी, युवा लगायत सयौ संख्यामा उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार