Logo

१ मंसिर वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नंं. १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उमेदवार अजय द्विवेदीले मौन अवधिमा मतदातालाई प्रभावित पर्ने गतिविधि हुन सक्ने भएकोले त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन र जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग अपिल गरेका छन ।

निर्वाचनलाई प्रभावित पार्ने उदेश्यले भारतीय नम्वरका गाडीहरु प्रयोग भएको र रातको समयमा मतदाताको घरमा पुगेर रकम बाड्ने काम भएको सूचना आइरहेकोले त्यस तर्फ आयोगको ध्यान जान नसकेको द्विवेदीले बताए । उनले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्बेदनशिल बन्न आग्रह गरेका छन ।

उनले निर्वाचन आयोग र स्थानीय प्रशासनले मतदातालाई निष्पक्ष र भयरहति रुपमा आफनो अभिमत प्रकट गर्ने वतावरण बनाईदिन आग्रह गरे । द्विवेदीले भने “मौन अवधिमा हुन सक्ने गैरराजनीतिक क्रियाकलापलाई नियन्त्रण मेरो आफ्नो घर र मैले प्रयोग गरेको सवारी साधन समेत चेकजाँच गर्न स्थानीय प्रशासनलाई आग्रह गर्छु ।”

स्वतन्त्र उमेदवार द्विवेदीले आम नागरिकलाई अपिल गर्दै भनेका छन “तपाई पनि बिना वर्दीको प्रहरी हो पत्रकार पनि हो निर्वाचनलाई धुमील पार्न पैसा बोकेर आउलान, धाक धम्की देलान त्यसको भिडियो बनाउनुहोस फोटो खिच्नुहोस र सार्वजनीक गर्नुहोस तपाई चेतनाले राजनीतिक क्षेत्रमा देखिएको विकृती अन्त्य हुन्छ ।”

नेता द्विवेदीले जनताको लोकतन्त्रकोलागि आफनो उमेदवारी भएको र सबै नागरिकले आफूलाई अजय द्विवेदी सम्झेर निर्वाचनरुपी यो संग्राममा भाग लिन अपिल गरेका छन ।

पत्रकारको सवालको जवाफ दिदै उम्मेदवार द्विवेदीले पर्साको क्षेत्र नं १ का जनता राजनीतिक रुपमै बदलावको पक्षमा रहेका छन । पार्टी र उम्मेदवार भन्दा नागरिक अगाडि छन नागरिकले यसपाली आफनो अभिमत निष्ठा र राजनीतिको जीतकालागि ब्यक्त गर्ने आफूमा बिश्वास रहेको द्ववेदीले बताए ।

द्विवेदीले राजनीतिक तथा प्रशासनीक संरचनाले आफनो उद्धेश्य अनुरुप काम नगरेकोले लोकतन्त्रको प्रतिफल नागरिकले अनुभूत गर्न नपाएको चर्चा गर्दा प्रशासनीक संरचना र राजनीतिलाई सिस्टममा चलाउनकालागि आफूले ध्यान दिने बताए । संरचनाहरुको मजवुतीकरणले मात्र जनताको समस्या हल गर्न सक्ने बताए ।

प्रणाली बलीयो भयो भने मात्र बिकास र प्रगती हुने बताउदै नेता द्विवेदीले वडाध्यक्ष देखी सासँद गर्ने काम एउटै भएकोले बिकासको काम प्रभावकारी नभएको बताए ।
स्थानीय तहलाई बलियो बनाउनु पर्ने नेता द्विवेदी बिचार छ ।उनले जनसेवामा रहेका सरकारी संरचनाहरुको काम प्रभावकारी बनाउन ध्यान दिने उनले बताए ।


सम्बन्धित समाचार