Logo

२ मंसिर, वीरगञ्ज । निर्वाचन आयोगले छिपहरमाई गाउँपालिका पर्साका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ ।

नगरपालिकाले मिति २०७९ भदौ २५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी यस आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले छिपहरमाई गाउँपालिका पर्साका प्रमुख मनोज गुप्ता र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद साहलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाईएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो ? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो ? यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना मा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

आयोगले यदी तोकिएको समय भित्रमा स्पष्टीकरणको जवाफ नआएमा कानून बमोजिम कारवाही हुने जनाएको छ ।

शिक्षक भर्नाको विषयमा एमालेका कार्यकर्ताले दिएको उजुरीको आधारमा अख्तियारले आयोगलाई पत्राचार गरेको बताइएकोछ । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा एमाले जसपा गठबन्धनका उमेदवारलाई सहयोग नगरेको कारण उनी विरुद्ध उजुरी परेको र स्पष्टीकरण सोधिएको हो ।


सम्बन्धित समाचार