Logo

वीरगन्ज, २ मंसिर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल भारत सीमा नाका बन्द गरिएको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी सीमा नाका बन्द गर्ने दुई देशबीचको भएको सहमति अनुसार बिहिबार मध्यरातिदेखि बन्द गरिएको छ ।

निर्वाचनमा विभिन्न खालका आपराधिक क्रियाकलाप हुनसक्ने र यसले दुवैदेशको शान्ति सुव्यावस्थामा खलल पु¥याउने भएकोले दुवैतर्फ आवत जावत बन्द गरिने प्रचलन अनुसार गएको मध्यरातिदेखि मतदानको दिन बेलुकासम्म सीमानाकाबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाईएको छ । वीरगन्ज राक्सोल नाकामा नेपालतर्फ गेट लगाईएको छ ।

दुवैतर्फ सीमानाका बन्द गरेर सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।


सम्बन्धित समाचार