Logo

३ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नं ३ मा एमाले जसपामा गजवको टुइस्ट आएको छ । राजनीति र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने भनाईले साकार रुप पाउदै छ ।

एमाले जसपा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता आफूले जसरी पनि चुनाव जित्ने रणनीतिमा पुगेका छन । त्यसको लागि उनले आफनै पार्टीका उम्मेदवारलाई बलि चढाउदै छन । बली चढनेमा परेका छन, क्षेत्र नं ३ को “क” का उम्मेदवार मन्जुरी अन्सारी ।

अन्सारीको उम्मेदवारीलाई पार्टीकै नेताहरुले पचाउन नसकेपछि त्यसको फाइदा गुप्ताले उठाएका छन । गुप्ताले जसपाबाट बिद्रोह गरेर स्वतन्त्र रुपमा प्रदेश सभामा उम्मेदवारी दिएका प्रमोद जयसवाल जो सखुवा प्रसौनी गाउँपालिकाका निर्वतमान प्रमुख प्रदीप जयसवालका दाजु हुन ।

उनै संग सम्झौता गरेर प्रदेश सभामा काउली छाप र प्रतिनिधि सभामा सूर्य छापमा मतदान गर्ने सहमती गरेका छन । प्रदेश सभाको “क” दक्षीण तर्फका पाँच वटा वडामा एमाले नेता गुप्ताले आफनो पार्टीका कार्यकर्तालाई काउलीमा छाप लाउन गोप्य निर्देशन जारी गरेका छन भने जयसवाल पक्षले प्रतिनिधि सभामा सूर्यमा मतदान गर्ने खुला रुपमा प्रचार गरेका छन ।

पार्टीगत मत पाउदा सजिलै जित निकाल्ने एमाले उम्मेदवार अन्सारी यतिवेला गुप्ताको “गुप्त सम्झौता”का कारण संकटमा परेका छन । गुप्ताको यस्तो षडयन्त्र सार्वजनीक भएपछि मन्जुर अन्सारीलाई मतदान गर्ने करिव ७ हजार मुस्लिम मतदाता गुप्तासंग रिसाएका छन ।

मुस्लिम मतदाताले पनि गुप्तालाई मतदान नगर्ने मुड बनाएको एक मुस्लिम अगुवाले बताएका छन । प्रदेशको “ख” मा पनि गुप्ताले आफनो अनुकुलतामा ठाउँ ठाउँमा गुप्त सम्झौताहरु गरेका छन ।

गुप्ताले केही ठाउमा प्रदेश सभामा जनार्दन सिंह क्षेत्री र केही ठाउमा गौरी दादाको नामले चिनिएिका स्वतन्त्र उम्मेदवार गौरीशंकर साह संग सम्झौता गरेका छन । गुप्ताले कुनै पनि अर्थमा आफूले जित हासिल गर्ने गरि आफनो गठबन्धनका उम्मेदवार हार्ने गरि सम्झौता गरेका छन । केही दिन अघि प्रदेश सभामा प्रहलाद गिरी र प्रतिनिधि सभामा गुप्ताले मत पाउने गरि बिन्दवासीनी गाउँपालिकाको नेतृत्वसंग सहमती भएको कुरा सार्वजनीक भएको थियो ।

गुप्ताको यो षडयन्त्र बाहिरिएसंग गठबन्धनका उम्मेदवा सुरेन्द चौधरीलाई निकै फाइदा पुग्ने भएको छ । एमाले र्काकर्ताले जितेको बाजी गुमाउनु पर्ने अवस्था आएको टिप्पणी गरेका छ ।


सम्बन्धित समाचार