Logo

३ मंसिर, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उमेदवार अजय द्विवेदी माथि पर्साको मिलन चोकमा हातपातको प्रयास भएको छ ।

निर्वाचन क्षेत्र नं. १ का विभिन्न मतदान केन्द्रहरुको अवस्थाका वारेमा जानकारी लिएर घरफर्कने क्रममा द्विवेदी माथि जसपाका कार्यकर्ताले वीरगञ्ज महानगरपालिका वडा नं. ३१ को मिलन चोकमा उनको गाडी घेरेर हातपातको प्रयास गरेको नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति अरविन्द गुप्ताले जनाए ।

वीरगञ्जबाट गएका जसपाका कार्यकर्ताले उनी माथि हातपात गरेका हुन । उनीहरुले मदिरा सेवन गरेर उनी माथि हातपात गर्न खोजेको गुप्ताले जानकारी दिए । पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार स्वतन्त्र उमेदवार घेरावन्दीमा परेको सुचना पाउना साथ नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले हातपात भएको खवर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।

स्वतन्त्र उमेदवार अजय द्विवेदीले विभिन्न मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरेर घरफर्कने समयमा मिलन चोकमा केही रक्सी खाएर आएका मानिसहरुले दुव्र्यवहार गर्न खोजेको बताए । उनका अनुसार उनीहरुले पैसा बाड्न आएको भनि धेरावन्द गर्न खोजेको बताए । उनीहरुले नियोजित रुपमा आफू माथि आक्रमण गर्ने उदेश्यले आएको जानकारी दिए ।


सम्बन्धित समाचार