Logo

३ मंसिर, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उमेदवार अजय द्विवेदीले शनिवार साँझ वीरगञ्ज ३१ को मिलन चोकमा आफूमाथि भएको दुव्र्यवहार र हातपात प्रयासको घटनाको छानविनगरी दोषी माथि अविलम्व कार्वाही गर्न माग गरेका छन् ।

आइतवार हुने निर्वाचनको पुर्वसन्ध्यामा क्षेत्र नं. १ अन्तरगत रहेका मतदान केन्द्रहरुको अनुगमनगरी घर तर्फ फकर्ने क्रममा राष्ट्रिय जनता पार्टी (जसपा) का कार्यकर्ता हुँ भन्नेहरुले आफू चढेको गाडी रोकेर गाडी भित्र प्रवेशगरी दुव्र्यवहार गरेको द्विवेदीले बताएका छन् ।

रक्सीसेवन गरेको अवस्थामा रहेका जसपाका कार्यकर्ताले गुण्डागर्दी शैलीमा गाडी भित्र रहेका मेरा प्रचार सामाग्री झिकेर प्रचारमा हिडेको भनि आफूलाई दुव्र्यवहार गर्दै त्यसको भिडियो खिचेको समेत द्विवेदीले जनाएका छन् ।

म कुनै चुनाव प्रचारमा हिडेको होइन, मतदान केन्द्र कहाँ कस्तो अवस्थामा रहेछन भनेर जानकारी लिने उदेश्यले त्यस क्षेत्रमा पुगेको हो, द्विवेदीले भने “मैले आचार संहिता उल्लंघन गरेको भए आयोगले तोकेको अधिकारी वा सुरक्षाकर्मीले मेरो गाडी खानतलाशी लिनु पर्नेमा राजनीतिक दलका कार्यकर्तालाई खानतलाशी लिने अधिकार कसले दियो ?”

आफूमाथि भएको घटनाका वारेमा तत्काल छानविन गरी दोषीमाथि कार्वाही गर्न पर्साका मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको द्विवेदीले बताए । गुण्डागर्दीको प्रयोग गरेर निर्वाचनलाई स्वतन्त्र, मर्यादीत र भयरहित अवस्थामा सम्पन्न हुन नदिने उदेश्यका साथ आफू माथि आक्रमणको प्रयास भएको द्विवेदीको भनाई छ ।

पर्सा जिल्लामा मौलाएको राजनीति भित्रको गुण्डागर्दी शैलीको आज पर्दाफास भएकोले आइतवार हुने मतदानमा पर्साबाट गुण्डागर्दीको राजनीति अन्त्य गर्न, सवै राजनीतिक दलहरुले सम्मानपूर्वक राजनीतिक गर्न पाउने संस्कारको विकास गर्न तथा निर्धक्क भएर मतदान गर्न उनले आफ्नो फेसबुक पेजबाट मतदातालाई आग्रह गरेका छन् ।

मिलन चोकमा आफूमाथि भएको दुव्र्यवहारको घटना पछि आफ्नो धारणा सार्वजनिक गर्दे पर्सा निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उमेदवार अजय द्विवेदी


सम्बन्धित समाचार