Logo

चितवन निर्वाचन क्षेत्र नं. ३ को भरतपुर १४ स्थित शिवनगर मतदान केन्द्रमा मतदान गदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

४ मंसिर, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाबाट प्राप्त संविधानको रक्षाका लागि नेपाली जनताले गठबन्धनको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गरेका छन् । उनले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने समेत बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नं. ३ को भरतपुर १४ स्थित शिवनगर मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहने बताएका छन ।

प्रचण्डले चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताएका छन् । पत्रकारको प्रश्नमा उनले भने, ‘चितवन छोडेको नभइ गोरखा गएको हो । यो मेरा लागि यो चुनौती पनि हो अवसर पनि हो ।’

प्रचण्ड २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उमेदवार भएका थिए । यसपटक भने उनी गोरखाको निर्वाचन क्षेत्र नं. २ बाट उमेदवार बनेका छन् । उनी चितवनका केही मतदान केन्द्रको अनुगमन गर्दे अहिले आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका छन्


सम्बन्धित समाचार