Logo

५ मंसिर, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत ललितपुर–२ मा मतगणना सुरु भएको छ ।

ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा राति साढे २ बजेदेखि मतगणना सुरु भएको हो ।प्रमुख निर्वाचन अधिकृत दीपशिखा मुनाकमी पौडेलले चार ठाउँबाट मतगणना कार्य थालिएको जानकारी दिइन् । ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार छन् भने नेकपा एमालेका प्रेमबहादुर महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।१४ जना दलीय तथा ८ स्वतन्त्रसहित यस निर्वाचन क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मुख्य प्रतिस्पर्धा भने गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारबीच हुने देखिएको छ ।केहीबेर अघिबाट भक्तपुर क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ ।सभार कान्तिपुर


सम्बन्धित समाचार