Logo

पर्साका चारवटा निर्वाचन क्षेत्रको मतगणना केही वेरमा शुरु हुने पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताएका छन । अहिले सर्वदलिय बैठक बसेको छ र बैठकको निर्णय अनुसार केही समय पछि मतगणना कार्य शुरु गरिने जनाइएको छ । पर्साको निर्वाचन क्षेत्र नं. १ र २ को मतपेटीका ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएको छ भने क्षेत्र नं. ३ र ४ को मतपेटीका पोखरीया स्थित उच्च माध्यामिक विद्यालयमा राखिएको छ ।

कूल मतदाता संख्या ३ लाख ४५ हजार ९ सय २८ रहेकोमा आईतबार सम्पन्न मतदानमा २ लाख ३८ हजार ५४ मत खसेको छ । ४ वटा निर्वाचन क्षेत्रमा रहेको पर्सामा १ लाख ९४ हजार ९ सय ४ पुरुष र १ लाख ५१ हजार ८ जना महिला मतदाता रहेकोमा १ लाख ३२ हजार ७ सय ६४ जना पुरुषले मतदान गरेका छन् । त्यस्तै १ लाख ५ हजार २ सय ८४ महिला र ६ जना अन्यले मतदान गरेका छन् ।


सम्बन्धित समाचार