Logo

५ मंसिर, धनगढी । बाजुरामा आइतबार राति एक जना विद्यार्थी नेताको कुटपिटबाट मृत्यु भएको छ ।

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–८ का चेतन एडीलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ।बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले कुटपिटबाट गम्भीर घाइते भएका एडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको जानकारी दिए।उनका अनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो।

अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन्। उनी बाजुरा क्याम्पसका स्ववियु सभापतिसमेत हुन्।आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र एडीको मृत्यु भएको थियो। उनी नेपाली कांग्रेस निकट हुन्।अहिले पनि त्यहाँ अवस्था डरलाग्दो रहेको स्थानीयले बताएका छन्। सभार—हिमाल जोशी देश सञ्चार

 


सम्बन्धित समाचार