Logo

काठमाडौं । ललितपुर निवाचन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका छन् । निर्वाचन आयोगले केहीबेरपछि आधिकारिक घोषणा गर्ने जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जन,राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापा चुनावी मैदानमा थिए ।

सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको थियो।


सम्बन्धित समाचार