Logo

काठमाडौं क्षेत्र नम्बर ४ को मत गणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा हालसम्म ३८ हजार ५२५ मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री गगन थापा १९ हजार १४ मतसहित अगाडि छन् ।

त्यस्तै थापाका प्रमुख प्रतिस्पर्धी एमालेका राजन भट्टराई १३ हजार २७ मतसहित पछ्याउँदै छन् । त्यस्तै राप्रपाका डा। ठाकुरमोहन श्रेष्ठले ३ हजार ११८ मत ल्याएका छन् भने स्वतन्त्रबाट लौरो चुनाव चिह्न पाएका अर्चनशम्शेर राणाले एकहजार १० मत पाएका छन् ।

बुढानिलकण्ठ नगरपालिकाका वडाहरूको मत गणना भैसकेको छ । अहिले काठमाडौं महानगरमा पर्ने वडा नम्बर ८ र ३० नम्बर वडाको मत गणना भइरहेको छ ।


सम्बन्धित समाचार