Logo

पर्साको निर्वाचन क्षेत्र नंं १ को.प्रदेशसभा सदस्य (क) तर्फ नेकपा माओवादी केन्द्रका रहबर अंसारीले अग्रता लिएका छन् ।

आज विहान पौने १० बजे सम्म ११ हजार ११७ मत गणना हुदाँ माओवादी केन्द्रका अंसारीले ३ हजार २३५ मत प्राप्त गरी अग्रस्थानमा छन् । त्यसैगरी स्वतन्त्र उमेदवार जन्नत अंसारीले २ हजार ७६८ मत प्राप्त गरी दोश्रो स्थानमा छन् ।

उनले जसपाबाट प्रतिनिधि सभा सदस्यका उमेदवार प्रदीप यादवको समर्थनमा स्वतन्त्रमा उमेदवारी दिएका थिए । एमाले जसपा गठबन्धनबाट प्रदेशसभा सदस्यमा उमेदवार बनेका नेकपा एमालेका विचारी यादव तेश्रो स्थानमा छन ।

उनले १ हजार ७८९ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार सुधिर पटेलले १ हजा २९९ मत प्राप्त गरेका छन ।

बाम लोकतान्त्रीक गठबन्धनबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रका रहबर अंसारीले ४६८ मतका साथ अगाडी देखिएका छन ।


सम्बन्धित समाचार