Logo

६ मंसिर, वीरगञ्ज । पर्साका चारवटै क्षेत्रमा सोमबारदेखि नै मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा जसपाका उम्मेदवारले अग्रता लिंदा २, ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरु अगाडि छन् ।

पर्सा–१ मा १२ हजार ३८७ मत गणना गरिएको छ । जसमा जनता समाजवादी पार्टीका उमेदवार प्रदीप यादवले निरन्तर अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ९८० मत पाउँदा स्वतन्त्र उम्मेदवार अजय द्विवेदी ४ हजार ५०२ ल्याएर पछ्याइरहेका छन् । यादव अजय द्विवेदी भन्दा १४७८ मतले अगाडी रहेका छन्

द्विवेदीले कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनबाट उमेदवार बनेका लोसपा लक्षमण लालकर्णले २८९ मत प्राप्त गरेका छन । यो निर्वाचन क्षेत्रमा ६७६ म तबदर भएको छ ।


सम्बन्धित समाचार