Logo

६ मंसिर, वीरगञ्ज । पर्साका चारवटै क्षेत्रमा सोमबारदेखि नै मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा जसपाका उम्मेदवारले अग्रता लिंदा २, ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरु अगाडि छन् ।

पर्सा–१ मा १२ हजार ३८७ मत गणना गरिएको छ । जसमा जनता समाजवादी पार्टीका उमेदवार प्रदीप यादवले निरन्तर अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ९८० मत पाउँदा स्वतन्त्र उम्मेदवार अजय द्विवेदी ४ हजार ५०२ ल्याएर पछ्याइरहेका छन् ।

द्विवेदीले कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनबाट उमेदवार बनेका लोसपा लक्षमण लालकर्णले २८९ मत प्राप्त गरेका छन । यो निर्वाचन क्षेत्रमा ६७६ मत बदर भएको छ । कुल ७६ हजार ६ सय ७९ मतदाता रहेको पर्सा क्षेत्र नं. १ मा आइतबार भएको निर्वाचनमा ५१ हजार ३ सय ७९ मत खसेको थियो ।

पर्सा–२ मा कांग्रेसका अजयकुमार चौरसिया पनि निरन्तर अगाडी छन् । यस क्षेत्रमा अहिल सम्म १६ हजार ३६ मत गणना भएकोमा नेपाली कांग्रेसका अजय कुमार चौरसियाले ८ हजार १ मत प्राप्त गरी अग्रता लिंदा जसपाका सुरेन्द्रप्रसाद कुर्मीले ५ हजार ७३३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

कुल ८६ हजार ९ सय ६६ मतदाता रहेको पर्सा निर्वाचन क्षेत्र नं. २ मा ५९ हजार १ सय ८८ मत खसेको छ ।

पर्साको निर्वाचन क्षेत्र नं. ३ मा हाल सम्म १० हजार ३२ मत गणना हुदाँ नेपाली कांग्रेसका सुरेन्द्र चौधरी २७ मतले अगाडी देखिएका छन ।

सो क्षेत्रमा चौधरीले ४ हजार १९ मत प्राप्त गरी अग्रता लिइरहेका छन भने नेकपा एमालेका उमेदवार राजकुमार गुप्ताले ३ हजार ९९२ मतका साथ चौधरीसँग प्रतिस्पर्धा गरेका छन ।

पर्साको निर्वाचन क्षेत्र नं. ३ मा कुल ९० हजार ४ सय ३२ मतदाता रहेकोमा ६४ हजार ४ सय ४८ मत खसेको छ ।

पर्सा निर्वाचन क्षेत्र नं.४ मा २३ हजार ३८८ मत गणना गर्दा नेपाली कांग्रेसका रमेश रिजालले ११ हजार २८४ मत ल्याएर पहिलो स्थानमा छन् भने नेकपा एमालेका जालिम मियाँले ९ हजार ६६२ मत ल्याएर दोस्रो स्थानमा छन् । यो क्षेत्रमा ११३२ मत बदर भएको छ ।

पर्सा क्षेत्र नम्बर ४मा कुल मतदाता संख्या ९० हजार ८५१ रहेकोमा खसेको मत संख्या ६२ हजार ७ सय ७१

 


सम्बन्धित समाचार