Logo

पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टीका उमेदवार प्रदीप यादवले निरन्तर अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ८ हजार ४७२ मत पाउँदा स्वतन्त्र उम्मेदवार अजय द्विवेदी ६ हजार ५३४ ल्याएर पछ्याइरहेका छन् ।

द्विवेदी भन्दा यादवले १ हजार ९ सय ३८ बढी ल्याएर अग्रता कायम गरेका हुन ।

द्विवेदीले कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका किरण डंगालले ८२९ मत प्राप्त गरेका छन ।

सत्ता गठबन्धनबाट उमेदवार बनेका लोसपा लक्षमण लालकर्णले ४९२ मत प्राप्त गरेका छन ।

यो निर्वाचन क्षेत्रमा ६७६ मत बदर भएको छ । कुल ७६ हजार ६ सय ७९ मतदाता रहेको पर्सा क्षेत्र नं. १ मा आइतबार भएको निर्वाचनमा ५१ हजार ३ सय ७९ मत खसेको थियो ।


सम्बन्धित समाचार