Logo

पर्साको क्षेत्र नम्बर ४ “क” प्रदेश सभाबाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले दोश्रो पटक जीत निकालेका हुन । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका जयप्रकाश थारु नेकपा एमालेका अध्यक्ष तथा संबिधान सभाका सदस्य हुन ।

उनले संविधान सभा सदस्यसमेत रहेका नेकपा एमाले पर्साका अध्यक्ष थारुलाई २ हजार ३४ मतको अन्तराले पराजित गरेका हुन । चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित हुँदा थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।

योसँगै पर्सा जिल्लामा २ वटा प्रदेश सभा कांग्रेसले हात पारेको छ । यसअघि पर्साको क्षेत्र नम्बर २ “क”मा नेपाली कांग्रेसकै श्याम पटेल निर्वाचित भइसकेका छन् ।


सम्बन्धित समाचार