Logo

६ मंसिर, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा (ख) बाट जनता समाजवादी पार्टीका उमेदवार विजयी भएका छन । जनता समाजवादी पार्टीका सिंगासन सा कलवार १५ हजार ३८५ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।

उनको निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुले १२ हजार ६४१ मत ल्याएका छन् । पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ चाँद तारा कुमारी १ हजार ७६५ मात्रै ल्याएकी छन् ।

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सिंगासन नै निर्वाचित भएका थिए । उनले ११ हजार ७०८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका बशिष्ट नारायण कुर्मीले ६ हजार २७ मत ल्याएका थिए ।

सिंगासनसा कलवार जसपाको तर्फबाट मधेसमा निर्वाचित पहिलो जनप्रतिनिधि हुन ।

जसपाको तर्फबाट अहिले सम्म मधेसमा कसैले जित हात पार्न सकेको छैन ।


सम्बन्धित समाचार