Logo

राजविराज । सप्तरी क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशंका भएपछि मतगणना कार्य रोकिएको छ ।

मंगलबार साँझ सवा ९ बजेतिर मतपेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ । पेटिकाको सिल नम्बर मिलाउन पटकपटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले जानकारी दिए ।

सिल नम्बर मिलाउन नमानेपछि नेकपा माओवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका दल आवद्ध नेता कार्यकर्ताले अहिले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन् ।

नम्बर मिलाएपछि मात्रै गणना सुरु गर्न उनीहरूले माग गरेका छन् । उता सिडिओ भुपेन्द्र थापाले तत्काललाई मतगणना कार्य रोकेर बुझ्ने कार्य भइरहेको बताए ।

सप्तरी क्षेत्र नम्बर २ मा जसपाका कार्यकर्ताहरुद्वारा मतगणना स्थल बाहिर नाराबाजीसहित बिरोध प्रदर्शन ।

पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष सीके राउतले २२ हजार २६० मत ल्याएका छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवले ११३२३ ल्याएका छन् ।


सम्बन्धित समाचार