Logo

७ मंसिर, वीरगञ्ज । प्रतिनिधि सभासदस्य तर्फ पर्सा निर्वाचन क्षेत्र नं. १ मा जसपाका उमेदवार प्रदीप यादवले फेरि मतान्तर बढाउदै अग्रता कायमै राखेका छन् । आज बिहान सम्मको पछिल्लो मतपरिणाम अनुसार २ हजार ५७७ मतान्तरले अगाडी बढेका छन ।

यादवले १५ हजार ७७८ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार अजय द्विवेदीले १३ हजार १९१ प्राप्त गरेका छन् । राप्रपाका किरण डंगोलले १ हजार ८०५ मत प्राप्तगरी तेश्रो स्थानमा रहेका छन् ।

अहिले सम्म वीरगञ्ज महानगरपालिकाको वडा नं २, ५, , ११, १२, २०, २१, २२, २३, ३१ र ३२ वडाको मतगणना सकिएको छ ।

यी वडाहरुमा करिव ३४ हजार मतगणना भइसकेको छ । अव वीरगञ्ज महानगरपालिकाको वडा नंं. ४,७, १३, १४, १५, १८ र ३० मा मत गणना हुन बाँकी छ ।


सम्बन्धित समाचार