Logo

७ मंसिर, वीरगञ्ज । नेपाली काँग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नं २ (ख) बाट उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्दी जसपा नेतृ मधु गुप्ता भन्दा २ हजार ६७६ बढी मत ल्याएर सिंह मधेस प्रदेशका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भए । जर्नादनले १० हजार १ सय ७२ मत ल्याउँदा मधुले ७ हजार ४९६ मत पाईन् ।

टिकटका लागि भौतारिँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुगेर चुनाव लडेका प्रल्हाद गिरी गोस्वामीले ६ हजार ५ सय ३ मत पाए ।

०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचन लडेका प्रल्हादले जर्नादनलाई पराजित गरेका थिए ।

प्रल्हाद ६३४५ मत ल्याएर विजयी हुँदा जर्नादन ६२५० मत सहित दोस्रो स्थानमा थिए ।

निवर्तमान प्रदेश सभा सदस्य प्रल्हाद लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एमाले हुँदै टिकटका लागि नेकपा एस पुगेका थिए ।


सम्बन्धित समाचार