Logo

७ मंसिर, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं ३(क) मा स्वतन्त्र उम्मेदवार प्रमोद कुमार जयसवाल निर्वाचित भएका छन् ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका निवर्तमान सांसद अब्दुल रहिम अन्सारी ((मञ्जुर) लाई पराजित गर्दै उनी मधेस प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनीहरु बीचको मतान्तर १ हजार ४ सय ५१ छ । प्रमोदले ७ हजार ३ सय ८१ मत पाउँदा अब्दुलले ५ हजार ९ सय ३० मत पाएका छन् ।

नव नर्विाचत प्रदेश सभा सदस्य जयसवाल, सखुवा प्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालका दाइ हुन् ।

अब्दुल ०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । जसपाबाट प्रदेश सभा सदस्यको टिकट नपाउने स्थिति देखेपछि उनी टिकट पक्का गरेर एमालेमा गएका थिए ।

०७४ मा अब्दुल ७००४ मत ल्याएर प्रदेश सदस्यमा निर्वाचित भएका थिए । निकटम प्रतिश्पर्धी नेपाली काँग्रेसका चन्द्र किशोर प्रसादले ६८४५ मत पाएका थिए ।

यसपटक स्वतन्त्र उम्मेदवार चन्द्रकिशोर चौधरीले ४ हजार ६ सय ५५ मत पाए भने पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनक उम्मेदवार माओवादी केन्द्रका नेता छोटेलाल यादव ४ हजार ५ सय २८ मतका साथ पाँचौ स्थानमा छन् ।


सम्बन्धित समाचार