Logo

मधेस प्रदेशका ८ जिल्लामा एमाले–जसपाबीच गठबन्धन भइरहेको बेला बारा निर्वाचन क्षेत्र नं ३ मा भने एमाले उम्मेदवार ज्वालाकुमारी साह र जसपा उम्मेदवार रामबाबु यादवबीच तीव्र प्रतिस्पर्धा भएको छ ।

सो निर्वाचन क्षेत्रमा हालसम्म भएको मतगणनामा एमाले उम्मेदवार साहले १० हजार ८६५ र जसपा उम्मेदवार यादवले ९ हजार ५७३ मत प्राप्त गरेका छन् ।

बारा–३ मा सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंह भने तेस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका सत्ता गठबन्धन उम्मेदवार सिंहले ६ हजार ८५५ मत ल्याएका छन् ।

पछिल्लो मतगणनामा बारा–३ मा एमाले उम्मेदवार साह १ हजार २९२ मतले अगाडि छिन् यसअघि जसपा उम्मेदवार यादव केही मतले अगाडि थिए ।

सो निर्वाचन क्षेत्रमा रहेका ३७ वटा वडा मध्ये हालसम्म प्रदेश तर्फ (क) को जितपुरसीमरा उपमहानगर वडा नं १८ बाहेक सबै वडा गणना भइसकेको छ भने प्रदेशसभा सदस्यमा (ख) तर्फ फेटा गाँउपालिकाको ३ वटा र कलैया उपमहानगरको १६ वटा गरी १९ वटा वडाको गणना गर्न बाँकी छ ।

बारा–३ (क) मा प्रदेश सभा सदस्यमा एमाले उम्मेदवार रविन्द्रदास श्रेष्ठ अगाडि छन् भने (ख) को गणना हुन बाँकी छ ।


सम्बन्धित समाचार