Logo

७ मंसिर, वीरगञ्ज । बाराको निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठ ( किसान ) विजयी भएका छन । श्रेष्ठले नेकपा एमालेका एकबाल मियाँलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन ।

श्रेष्ठले मियाँलाई दश हजार ६६ मतको अन्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गर्न सफल भएका छन ।

जसपा एमाले गठबन्धनमा नेकपा एमालेको तर्फबाट उमेदवार बनेका मियाँले १९ हजार ४३९ मत प्राप्त गरेका छन । उनी यस अघि सोही निर्वाचन क्षेत्रबाट लोसपाको तर्फबाट निर्वाचित भएका थिए । यसपटक लोसपाबाट टिकट नपाउने भएपछि मनोनयन दर्ताको अघिल्लो दिन एमाले प्रवेश गरेर टिकट लिएका थिए ।

२०७४ को निर्वाचनमा कृष्ण कुमार श्रेष्ठ (किसान) तनहुँको क्षेत्र नंं १ मा नेकपा एमालेको तर्फबाट विजयी भएका थिए । उनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

यसपटक भने उनले आफू निर्वाचित भएको निर्वाचन क्षेत्र नेपाली कांग्रेसका नेत रामचन्द्र पौडेललाई छोडेर उनी बाराको क्षेत्र नं. ४ मा गठबन्धनको तर्फबाट साझा उमेदवार बनेका थिए ।

उनी शेरबहादुर देउवाको सरकारमा श्रम मन्त्री समेत भएका थिए ।


सम्बन्धित समाचार