Logo

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बिहान ८ बजे देखि मतदान शुरु भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान शुरु भएको हो । मतदान बिहान १० बजेसम्म चल्नेछ ।

मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।

यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।

गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ ।

देउवा र थापाले मंगलबार नै मनोनयन दर्ता गरेका थिए ।

कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि बहुमत ल्याउनुपर्नेछ ।


सम्बन्धित समाचार