Logo

१२फागुन, वीरगञ्ज । वीरगन्जमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला सुरु भएको छ । वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजन तथा वीरगन्ज कलेजको आयोजनामा हुन लागेको मेला सुरु भएको हो ।

मेलामा २५ वटा विभिन्न खानाका परिकारको स्टल रहने वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो । दिउँसो ३ बजेबाट सुरु भएको रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उद्धघाटन गर्नुभएको हो ।

कलेजका विद्यार्थीलाई सिक्दै जाऔं र कमाउदै जाऔं भन्ने अवधारणाका साथ व्यापार व्यावसाय गर्ने र कमाउने तरिकाको साथै स्थानीय मौलिक खानाको प्रबर्द्धन मेलाको मुख्य उद्देश्य रहेको अध्यक्ष डाक्टर चौधरीले बताउनुभयो ।

मेलामा कलेजका विद्यार्थी आफैले खानाका परिकार बनाउने र विक्री गर्ने एवम् खानाबाट कमाईएको रकम विद्यार्थी स्वयम्ले राख्ने बताईएको छ । यसले विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि अभिभावक, शिक्षक, कलेज लगायत समाजका सबै क्षेत्रको भूमिका मुख्य रहने उहाँले बताउनुभयो । मेला आज र भोली राति १० बजेसम्म लाग्ने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार