Logo

१४ फागुन,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगन्जको ठाँकुर राम बहुमुखी क्याम्पसमा खानेपानी धारा सहयोग गरेका छन ।गाउँपालिका अध्यक्ष यादवले क्याम्पस प्रमुख डा. उमेश कुशवाहालाई क्याम्पस मै पुगेर धारा हस्तान्तरण गरेका हुन् ।

विगत लामो समय देखि क्याम्पसको छात्राबासमा खानेपानी धाराको अभाव रहेको खबर पाएपछि खानेपानी धारा लिएर क्याम्पस पुगेको उनले बताए । गाउँपालिका अध्यक्ष यादवले ०६५ सालमा क्याम्पसमा विद्यार्थी राजनीति सुरुवात गरेका थिए ।ठाकुर राम बहुमुखी क्याम्पस नै राजनीति गर्ने योग्य बनाएको भन्दै विद्यार्थीको समस्या समाधान गर्न लागेको उनले बताए ।

यादवले क्याम्पसमा यहीँ आर्थिक बर्ष ०७९÷०८० को बजेटमा क्रीकेट मैदान निर्माण गर्न ५ लाख रकम सहयोग गर्ने बताए । साथै उनले अगामी दिनमा पनि क्याम्पसमा कुनैपनि समस्या परे निर्धक भएर सहयोग गर्ने बताए । धारा हस्तान्तरणको क्रममा अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारी , सचिव पवन यादव ,इकाई अध्यक्ष आसिफ अहमद , श्याम रौनियार लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेकोे थियो ।


सम्बन्धित समाचार