Logo

१९ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्मपन्न भएको छ । नेपाल जुनियर युवा रेडक्रस समिती पर्साको आयोजनामा जिल्ला समन्वय समिती पर्सामा गोष्ठीको आयोजना भएको हो ।

बिनोद गिरीको अध्यक्षतामा सुरु भएको गोष्ठीमा वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्ण, विरेन्द्र राज कडेँल, फत्त बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेका थिए ।

गोष्ठीको मुख्य उदेश्य पर्सा रेडक्रस समितीले जिल्ला भरी गठन भएका जुनियर र युवाको अभियानलाई प्रभावकारी बनाउनको लागी जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठीको आयोजना गरीएको नेपाल रेडक्रस सोसाईटी पर्साका कोषा अध्यक्ष विरेन्द्र राज कडेँलले बताउनु भयो ।

गोष्ठीले विद्यार्थीहरुलाई किताव किरा नभई समाजिकी करणका लागी जुनियर र युवा सर्कल गठनको अवश्यकता रहेको कडेँलले बताए ।


सम्बन्धित समाचार
भर्खरै