Logo

१८ चैत,ठोरी। पर्साको ठोरी गाउँपालिका–२ गोलेडाडाँका स्थानियले पानी तथा बिजुलीको सुविधा पाएका छन् । गोलेडाँडाका स्थानीयले वस्ती स्थापना भएदेखिनै पानी र बिजुलीको सेवाबाट वन्चित थिए ।

जसकारण उक्त क्षेत्रबाट ८ सय मिटर तल पानी लिन आउनुपर्ने बाध्यता रहेको स्थानीय बिरबहादुर गोलेले गुनासो गर्नुभयो । पानीकै अभावले दिनहुँ नुहाउने, कपडा धुने, खेती किसानी गर्ने जस्ता कार्यहरु गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो ।

तर गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको पहलमा सो ठाउँमा सोलार प्यानल र पानीसँगै पुगेपछि अब पानी र बिजुलीको समस्या हटेको उहाँको भनाई छ । पानी र बिजुली पुगेपछि स्थानियबासी हर्षित भएका छन् । यो सँगै पालिकामा रहेको सिँगे डाडाँ, वरपिपल डाडाँमा समेत अध्यक्ष श्रेष्ठको पहलमै पानीको ट्याङकी स्थापना भईसकेको उहाँले बताउनुभयो ।

सरस्वती चौकमा एकघर एकधाराको योजना संचालनमा रहेका गोलेले बताउनुभयो । यता अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा ठोरी गाउँपालिकाको हरेक टोलमा बिजुली, पानी र सडक पु¥याउने आफ्नो लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले हालसम्म करिब एक दर्जन टोलमा बिजुली र पानीको व्यवस्थापन गरिसकेको दावी गर्नुभयो ।

 


सम्बन्धित समाचार