Logo

२५ चैत,बारा । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले धार्मिक तथा ऐतिहासिक संरचनाहरुको जगेर्ना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनभएको छ ।

बाराको जीतपुरमा गरिएको २४ कुण्डीय गायत्री महायज्ञको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा पर्यटकीय सम्भावना बोकेको प्रशस्त मठ, मन्दिर लगायत ऐतिहासिक तथा पुरातात्विक सम्भावनाका स्थलहरु रहेकाले यसको बिकासमा लागि पर्ने बताउनुभएको हो ।

पुजापाठ आत्माको शान्ति र शुद्धताको लागि गर्ने गरिएका कारण सबैले यसकोलागि समय छुट्याउँनुपर्ने आग्रह गर्नुभयो ।बुधबारबाट सुरु भएको महायज्ञ आज शनिबार सम्म चलेको थियो ।

हरेक दिन बिहान ७ बजे देखि ११ बजे सम्म गायत्री हवन गरिएको थियो । पुजा समितीका अध्यक्ष शिवजी साह सोनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजुराज गिरीले गर्नुभएको थियो । कार्यक्रमका बिच मुख्यमन्त्री यादब ,प्रदेश सभा सदस्य देवनारायण चौधरी , प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठका स्वकीय सचिव बिकास साह लगायतका ब्यक्तिहरुलाई सम्मान गरिएको प्रचारप्रसार समितीका सन्तोष कुवाहाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार