Logo

२५ चैत,चितवन । भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १ सय ८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

चितवन प्रहरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए अनुसार हिजो बिहान राप्ती नगरपालिका–१ लोथर राजमार्गमा भारतीय नम्बर प्लेट बीआर ६ जी २१२८ नम्बरको ट्रकको क्याबिनबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।

ट्रकका चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ । सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको भन्ने सूचनाका आधारमा प्रहरीले ट्रक रोकेर खोजतलास गर्दा १६ वटा पोका बनाएर लुकाएको गाँजा बरामद गरेको थियो । घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको एसपी कार्कीको भनाइ छ ।


सम्बन्धित समाचार