Logo

२३ वैशाख, चितवन । पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरी बन्द भएको चितवन सडक खुलेको छ ।

बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेपछि सयौँ यात्रु अलपत्र परेका थिए । तर अहिले बन्दकर्ताले मुख्य राजमार्गमा भने गाडी चल्न दिएका छन् । बिहानदेखि केहीबेर अघिसम्म शंकर कँडेल न्यायिक सङ्घर्ष समितिको नाममा सडक बन्द हुँदा पूर्व र पश्चिम आउने र जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका थिए ।

बन्दकर्ताले अहिले नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका ठाउँमा बजार क्षेत्रमा मात्र शान्तिपूर्ण प्रदर्शन गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार यो क्षेत्रमा भने भित्रि सडक प्रयोग गरेर डाभर्सन गरिएको छ । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको गएको मङ्गलवार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।


सम्बन्धित समाचार