Logo

९ साउन,धरान । सुनसरीको धरानमा डेंगी संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणका कारण ३ महिला र ४ पुरुष गरी ६ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

डेंगी महामारीको रुपमा फैलिदासमेत तीनै तहका सरकारले चासो देखाएका छैनन् । समयमै डेंगी नियन्त्रण नहुँदा धरानमा दैनिक बिरामीको संख्या पनि वृद्धि भएको छ । डेंगीको संक्रमणले धरानमा प्रत्येक घरका सदस्य बिरामी भएका छन् ।

आइतबार राति धरान २ का एक पुरुष र सोमबार धरान १० का अर्का पुरुषको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताउनुभयो । यस भन्दा अगाडी चारजनाको डेंगुको कारण मुत्यु भइसकेको छ ।

धरान उपमहानगरपालिकामा ५ हजार भन्दा बढि सर्वसाधारणलाई डेंगी संक्रमण देखा परेको छ । धेरै जसो संक्रमितहरु निको भइसकेका छन् । दैनिक डेंगी संक्रमित हुनेको संख्या पनि २ सय भन्दा बढि रहेको छ ।

डेंगी संक्रमितहरु धरानको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र निजी मेडिकलहरुमा उपचार गराइरहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस अगाडी कोभिड अस्पताल सञ्चालन गरेको स्थानमा डेंगीको उपचार सेवा सुरु गरेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले बताउनुभयो ।


सम्बन्धित समाचार