Logo

फाइल तस्विर

१३ माघ,वीरगञ्ज । पर्साको तापक्रम आज यो वर्षकै न्यून मापन गरिएको छ । जल तथा मौसम विभागका अनुसार आज विहान ६ बजे पर्साको तापक्रम ६ डिग्री मापन गरिएको छ ।

जुन यो वर्षको सबै धेरै चिसो हो । पर्सासहित तराइमा केही साता यता चिसो र शितलहर कहरको बढ्दै गएको छ ।
एक्कासी चिसो र शितलहर बढ्दा तराइको जनजीवन प्रभावित बनेको छ ।

ह्वातै बढेको चिसोका कारण सर्वसाधारण आवतजावत तथा काम धन्दा प्रभावित बनेको छ ।तर स्थानीय तह तथा प्रदेश सरकारले भने चिसोबाट जनतालाई बचाउन खासै तयारी नगरेको पाइएको छ ।

ठाउँठाउँमा आगो बाल्ने तथा राहतका कार्यक्रमहरु राख्ने भएपनि प्रदेश सरकारले त्यसलाई बेवास्ता गरेको जन गुनासो छ । यद्यपी,स्थानीय प्रशासनले ठाउँठाउँमा दाउरा वितरण भने भइरहेको छ ।

यसैबीच चिसोबाट बच्नका लागि न्यानो हुने लुगा लगाउन, तातो झोल खानेकुरा खान र जाडोमा बाहिर ननिस्कन डाक्टरले सुझाव दिएका छन् ।
फिजिसियन डाक्टर निरज सिंहले चिसो हावामा बाहिर ननिस्कने, निस्कनै परे न्यानो कपडाले जिउ पूरै ढाकेरमात्रै बाहिर जाने, झोल प्रशस्त खानुपर्ने सुझाव दिए ।

जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न पनि उनको सुझाव छ । गर्भवती, नवजात शिशु र वृद्धवृद्धालाई चिसोले बढी समस्या पार्ने भएकाले विशेष ख्याल गर्न पनि उनको सर्वसाधारणलाई आग्रह छ ।

जाडोको समयमा पानी कम खाने बानी हुँदा डिहाइडेसन बढ्न सक्ने भएकाले तातो पानी खानुपर्ने डा. सिंह सुझाउँछन् ।

यस्तै मधुमेह भएका बिरामीका लागि चिनी र दूध नहालेको चिया खाने, घरभित्र बसिराख्दा सामान्य योग अभ्यासहरु गर्न पनि उनले सुझाव दिए । यस्तै मुटुका रोगी र दमका रोगीहरुले दाउरा बालेर धुवाँमा बस्न नहुने पनि डा. सिंह बताउँछन् ।

 


सम्बन्धित समाचार