Logo

२५ माघ,काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताउनुभएको छ । आज ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री बस्नेतले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको जिकिर गर्नुभयो । उहाँले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा विस्तार गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले सेवा विस्तारका लागि मन्त्रालयका तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले मानसिक रोगी किन बढिरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताउनुभयो ।


सम्बन्धित समाचार