Logo

२७ माघ,वीरगञ्ज । वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रममा ७९ पोका रगत संकलन भएको छ । प्रतिमा चोकमा आयोजित रक्तदान कार्यक्रममा उक्त पोका रगत संकलन भएको हो ।

प्रगतिशील युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ७९ जनाले रगत दान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले बताए । रक्तदान गर्नेहरुमा यशोदा गजुरेल, इश्वरचन्द्र यादव, प्रकाश यादव, अरुण राय लगायतका रहेका छन् ।

क्लबका अध्यक्ष इश्वरचन्द्र यादवको अध्यक्षता एवम् वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिकहरुले प्राविधिक सहयोग उपलब्ध गरेका थिए ।


सम्बन्धित समाचार