Logo

२७ माघ,भरतपुर । नविन प्रविधि कृषि सहकारी संस्थाले बृहत खुल्ला रक्तदान कार्यक्रम गर्दै तेस्रो स्थापना दिवस मनाएको छ । शनिबार भरतपुर १४ राधापुर स्थित आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गर्दै संस्थाले स्थापना दिवस मनाएको हो। जसमा १६ महिला सहित ५६ जना ले रक्तदान गरेका छन्।

संस्थाका अध्यक्ष दिपेन्द्र बास्तोलाको सभापतित्वमा भएको सो कार्यक्रममा भरतपुर महानगर पालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। रेडक्रस सोसाइटी जिल्ला शाखाका निवर्तमान जिल्ला उपसभापति बिदुर केसी, भरतपुर १४ का वडा अध्यक्ष राजेन्द्र साँखी, शिवनगर उपशाखाका पूर्व सभापति भिम थापा,गोविन्द पौडेल लगायत रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो।

शिवनगर लायन्स क्लबको सह आयोजना तथा रेडक्रस उपशाखा शिवनगर र महेन्द्र चोकको समन्वयमा भएको कार्यक्रममा भद्रकाली टोल विकास संस्था , कालिका समुन्द्र टोल विकास संस्था, जयनेपाल दुग्ध सहकारी संस्था , त्रिशक्ति दुग्ध उत्पादक सहकारी संस्था र समृद्ध निर्माण सेवा सहयोगी संस्था रहेका थिए।

निवर्तमान वडाध्यक्ष ओमप्रकाश पोख्रेलले स्वागत गर्नु भएको सो कार्यक्रममा संस्थाका सचिव एवम रेडक्रस उपशाखा महेन्द्र चोकका सभापति जिवन के सि ले कार्यक्रम सहजीकरण गर्नु भएको थियो।


सम्बन्धित समाचार