Logo

५ फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसङख्या मन्त्री विरेन्द्रकुमार सिंहले संयुक्त रुपमा क्याथ ल्याबको उद्धघाटन गर्नुभएको छ । मधेश स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको शनिबार उनीहरुले उद्घघाटन गर्नुभएको हो ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको बार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहबिच मुख्यमन्त्री यादव र स्वास्थ्य मन्त्री सिंहले क्याथ ल्याब उद्धघाटन गर्नुभयो । ल्याबको उद्घघाटन गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार बिकासमा मधेश प्रदेशले फड्को मारेको बताउनुहुँदै मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको ब्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो । यस्तै स्वास्थ्यमन्त्री सिंहले मुटु रोगको विशिस्टिकृत विशिस्टीकृत उपचारका लागि थप विशेषज्ञ ब्यवस्था गर्न प्रतिष्ठानका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभयो ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक डा.अंकुर साहले क्याथ ल्याब संचालनमा आएपछि मुटु रोगीहरु उपचारकै लागि जिल्लाभन्दा बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।


सम्बन्धित समाचार